९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एमाले नुवाकोटका नेता उद्धव खतिवडा झुण्डिएको अवस्थामा भेटिए

९ असार, नुवाकोट । नेकपा (एमाले) नुवाकोटका नेता उद्धव खतिवडा झुण्डिएको अवस्थामा फेला परेका छन । उनले विदुर नगरपालिका वडा नम्बर १० मा रहेको आफ्नो घरको छेउमा रहेको एउटा पार्टीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । खतिवडाको आजै अन्त्यष्टि गरिने परिवारले जनाएको छ । खतिवडाको श्रीमति र एक छोरा रहेका छन ।

खतिवडाले एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा विदुर १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरिरहेका खतिवडा पछिल्लो पटक किस्पाङको एउटा वडा इन्चार्जको भूमिकामा रहेका थिए । उनको आत्महत्याको कारण भने खुलेको छैन ।

 

प्रकाशित मिति : June 23, 2026 at 4:17 pm