चलिरहेकाे वाणिज्य बैंकका अध्यक्षहरुको बैठक बिचैमा किन भयाे स्थगित
९ फागुन, काठमाडौँ । वाणिज्य बैंकका अध्यक्षहरुको बैठक स्थगित भएकाे छ । उद्योगी व्यवसायीले बैंककाे ब्याजदरलाई लिएर लगाएको आरोपबारे छलफल गर्न बसेको वाणिज्य बैंकका अध्यक्षहरुको बैठक स्थगित भएकाे हाे ।
काठमाडाैँकाे एक होटलमा भइरहेको बैंक अध्यक्षहरुको बैठक नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीको फोनपछि स्थगित भएकाे हाे । अधिकांश बैंकका अध्यक्ष र सञ्चालक सहभागी भएकाे बैठकमा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई ब्रिफिङ गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए ।
बैठक चलिरहेकाे समयमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकबाट फोन अाएपछि बैठक स्थगित भएकाे बैठकमा सहभागी एक जनाले जानकारी दिए । राष्ट्र बैंकको फोन आएपछि बैंकर्स संघका अध्यक्ष बाहिरिएपछि बैठक बिना निष्कर्ष स्थगित भएकाे हाे ।
प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १७:२४