४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

४ असार, बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ ।
तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए ।

dainiki.com

सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवद्र्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उहाँले सम्बन्धित सबैमा आग्रह गरे ।

प्रकाशित मिति : June 18, 2026 at 10:38 am