२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

२ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै निगमको रिक्त रहेको कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त खुलाएको हो ।

dainiki.com

उक्त पदका लागि योग्य तथा इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । आयल निगमका यसअघिका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएसँगै निगमको कार्यकारी निर्देशक पद गत वैशाख ३० गतेदेखि रिक्त छ ।

प्रकाशित मिति : June 16, 2026 at 2:41 pm