२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

गण्डकी विकास बैंकका पूर्व सीईओ थापाको दुर्घटनामा निधन

२९ जेठ, कास्की । पूर्व बैंकर रेशम बहादुर थापाको सडक दुर्घटनामा ज्यान गएको छ । बिहीबार पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास पचभैया क्षेत्रमा थापाले चलाएको गाडी भीरबाट खसेको थियो ।

आफैँले हाँकीरहेको गाडी भीरबाट खस्दा घाइते भएका थापालाई स्थानीय र प्रहरीले उद्धार गरेर तत्कालै प्रादेशिक जनरल अस्पताल मोहोरिया पुर्याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

थापा गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन । शैक्षिक, सामाजिक तथा वित्तीय क्षेत्रमा थापाको विशिष्ट योगदान रहेको छ । थापा पछिल्लो समय बेगनास क्षेत्रमै बस्नका लागि घर बनाउँदै थिए ।

प्रकाशित मिति : June 12, 2026 at 5:13 am