गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ
२२ जेठ, काठमाडौं । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।
यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद रु ३१ लाख ८० हजार बरामद भएको छ ।
प्रकाशित मिति : June 5, 2026 at 1:24 pm









