२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

ट्रान्सकिप्ट बनाउन आएकी युवतीमाथि यौन दुर्व्यवहार गर्ने टीयूका डीन साहलाई विद्यार्थीले दले कालोमोसो 

८ फागुन, काठमाडौँ । ट्रान्सकिप्ट बनाउन आएकी युवतीमाथि यौन दुर्व्यवहार गर्ने टीयूका डीन बउवालाल  विद्यार्थीले कालोमोसो  दलेका छन् । सत्तापक्षीय दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (टीयू) शिक्षाशास्त्र संकायका सहायक डीन बउवालाल साहलाई कालोमोसो दलेका हुन् ।

सहायक डीन साहलाई अखिल क्रान्तिकारी र अखिल निकट विद्यार्थीले कालोमोसो दलेका हुन् । ट्रान्सकिप्ट बनाउन आएकी युवतीलाई जबर्जस्ती यौन दुराचार गर्न खोजेको भन्दै कालोमोसो दलिएको प्रत्यक्षदर्शी विद्यार्थीहरूले जनाएका छन् । कालोमोसो दलेपछि विद्यार्थीले सहायक डीनलाई प्रहरीको जिम्मा लगाएका छन् ।

प्रकाशित मिति : 17:47