१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

कांग्रेस सांसद उमा रेग्मीले बैठकमै च्यातिन् नियमावली

८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित काँग्रेस सांसद उमा रेग्मीले प्रतिनिधि सभा बैठकमानै  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीकाे बिराेध गर्दै च्यातेकी छिन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको रेग्मीकाे गुनासो छ ।

कांग्रेस सांसद रेग्मीले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाएकि छिन् ।

सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्,भन्दै सांसद रेग्मीले नियमावली च्यातेकी हुन् ।नियमावलीले कार्यक्रम परामर्श समितिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने र समानुपातिक सांसद, राष्ट्रियसभाका सांसद एवं स्थानीय तहका जनप्रतिनिधिहरु सदस्य रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १७:५६