२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

लोकगायक विष्णु खत्री र थानेश्वर गौतमले शुक्रवार एडिलेडको सांगितिक माहोल तताउने

एडिलेड — चर्चित लोकगायक विष्णु खत्री र थानेश्वर गौतमले शुक्रवार जुन ५ मा एडिलेडमा विशेष कार्यक्रम “एडिलेड साङ्गीतिक साँझ” मा आफ्नो जोडदार प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

स्थानिय प्लिम्पटन पार्कस्थित ‘एभरेष्ट इभेन्ट सेन्टर’ (Everest Event Centre, Plympton Park) को हलमा साँझ :३० बजेदेखिराति १०:०० बजेसम्म भव्य रूपमा सम्पन्न हुने भएको छ ।

नेपाली कला, सङ्गीत र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ निर्वाणा प्लस र  एभरेष्ट एडिलेडले संयुक्त आयोजित कार्यक्रमको प्रवेश नि शुल्क रहेको निर्वाणा प्लसका संयोजक सुपक अधिकारीले बताउनु भयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली लोक तथा आधुनिक सङ्गीत क्षेत्रका दुई नक्षत्रहरू– सुप्रसिद्ध लोकगायक विष्णु खत्री र चर्चित बहुमुखी गायक थानेश्वर गौतम रहनु भएको छ  । मर्मस्पर्शी मौलिक लोक सिर्जनाका लागि चिनिएका खत्री र शास्त्रीय तथा आधुनिक गायनमा अब्बल गौतमको संयुक्त प्रस्तुतिमा श्रोता दर्शकले राम्रो मनोरञ्जन गर्ने संयोजक अधिकारीले बताउनु भयो ।

एडिलेड र यसका आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नेपाली कला र सङ्गीतको साक्षात् आनन्द लिन आयोजक निर्भाना प्लसका संयोजक अधिकारीले आग्रह गर्नु भएको छ ।

संयोजक अधिकारीले  विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, कला र रैथाने संस्कृतिलाई जीवित राख्न यस्ता जमघटहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : June 3, 2026 at 5:15 pm