९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कतारको भिसा सेन्टरका लागि कागजपत्र मिलाउने भन्दै राजदूत कोइरालाले खाए चार करोड घुस !

८ फागुन, काठमाडाैँ । वैदेशिक रोजगारीमा जाने न्यून आय भएका नेपाली युवाहरूलाई लुट्न र लुटाउन भूमिका खेल्दै आएको आरोप लागेका कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइराला घुस प्रकरणमा मुछिएका छन । सरकारले अनेक खालका सिण्डिकेट तोडेर वैदेशिक रोजगारीमा जाने युवालाई शून्य लागतमामात्र पठाउने प्रक्रिया अघि बढाइरहेको परिप्रेक्षमा उनले भने नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको तथ्य दैनिकीले प्राप्त गरेको छ ।

राजदूतमा नियुक्ति अगावै विवादित पृष्ठभूमिका कोइरालाले अल्ट्राकिरण कम्पनीका मालिक विवादित व्यक्ति बंगलादेशी नागरिक मोहम्मद अमिन बिन अब्दुल नुर ९अमिन०सँग कतारमा कगजात मिलाउने शर्तमा पैसा बुझेका हुन । कतार भिसा सेन्टर खोल्न भन्दै गैरकानुनी काम गरिरहेका व्यवसायीहरूको समूहले नेपालस्थित कतारी राजदूतसँगको भेटमा उक्त कुराको रहस्य खुलेको हो । उक्त भेटमा अल्ट्राकिरणका लागि काम गरिरहेका एक व्यवसायीले उक्त कुरा बताएको भेटमा सहभागी अर्का व्यवसायीले जानकारी दिए ।

भिसा सेन्टरको नाममा पैसाको खेल भएपछि नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेल समेत चिन्तित बनेको दूतावास स्रोतले जनाएको छ । अहिले परराष्ट्र मन्त्रालयमा समेत राजदूत कोइरालाले खाएको भनिएको चार लाख डलरको चर्चा चल्न थालेको छ । परराष्ट्रका उच्च अधिकृतले कोइरालाको बारेमा जानकारी गराए पनि मन्त्रीलाई भने ब्रिफिङ नभएको बुझिएको छ । सरकारले प्रतिबन्ध लगाउन खोजेको काममा नै समय र पैसा खर्च गरेर अमिन नेतृत्वको गिरोहले गैरकानुनी रूपमा कतारी भिसा सेन्टरको नाममा चलखेल बढाएपछि कानुनी कारबाही अघि बढाउने विषयमा सरकारी अधिकारीकाबीचमा छलफल समेत भएको छ ।

नेपालमा कतारको भिसा सेन्टर सञ्चालन गर्न खोज्ने अल्ट्राकिरणमा बंगलादेशी नागरिक अमिनसँगै भारतीय र सिंगापुरका नागरिक पनि रहेका छन । मलेसियामा उनीहरूले खडा गरेको सिण्डिकेट अन्त्य भएर त्यहाँबाट भाग्नुपर्ने स्थिति बनेपछि उनीहरू कतारका नाममा ठगी गर्न सक्रिय रहेका छन । नेपालमा कतारको भिषा सेन्टर सञ्चालन गर्ने भन्दै छ महिनादेखि महाराजगञ्जको एउटा ठूलो भवनको चार तलामा भाडामा लिएर अल्ट्राकिरणका एजेण्टहरूले काम गरिरहेका छन ।

उनीहरूले गैरकानुनी रूपमा कार्यालय नै सञ्चालन गरिरहेका छन । भवनमा कार्यरतमा रहेका गार्डहरूले अहिले अफिसका लागि भनेर फल्याट खोज्न आउनेहरूलाइ यहाँ कतारको भिसा सेन्टर खुलिसेको भनेर जानकारी दिने गरेका छन । जुन भवनमा ७ महिनादेखि उनीहरूले भाडामा लिएर राखेका छन । अल्ट्राकिरणको नेपाली पार्टनरका रूपमा नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो भुषण राणा, नेपाली कांग्रेसकै नेता एवं पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरूङ, एसओएस म्यानपावरका हेम गुरूङ, याख्या म्यानपावरका भीम रोक्का, मलेसिया ठगी प्रकरणमा फरार रहेका व्यवसायी कैलाश खड्का समेत रहेका छन ।

उनीहरूले यहाँ कतारको भिसा सेन्टरको खुलिसकेको भन्दै अनेक प्रपञ्च गरिरहेका छन । यतिसम्मकी उनीहरुले भाडामा लिएको घरमा बसेको गार्डहरुलाई यो के(को कार्यालय हो भनेर सोध्दा यहाँ कतारको भिसा सेन्टर खुलेको छ भन्छन । गैरकानुनी रुपमा भिसा सेन्टरका नाममा अनेक चलखेलका लागि अहिले सरकार र श्रम मन्त्रालय मिलाउने गरी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङ र म्यानपावर व्यवसायी चित्र सावा लिम्बुले ठेक्का पाएका छन । कतारको भिसा सेन्टरको १० प्रतिशत पाउनेगरी गुरूङ र लिम्बुले विचौलिकाको ठेक्का पाएका हुन ।

गुरूङ त्यही व्यक्ति हुन जो मलेसियाका नाममा भिएलएनए लगायतको सिण्डिकेट अन्त्य हुनुपर्छ भन्दै पटकपटक धर्नामा बसेका थिए । अहिले तीनै गुरूङ मलेसियासँग भएको श्रम सम्झौता समेत खारेज गर्नुपर्छ भनेर आन्दोलित बनेका छन । उनी पछिल्लो समयमा सरकारी कदमको विरूद्धमा १५र१५ दिनमा विज्ञप्ति जारी गरिरहेका हुन्छन ।

गुरूङले मलेसियाको श्रम सम्झौता खारेज हुनुपर्छ भनेर बोल्नका लागि मात्रै पनि भिएलएनका मालिक राम श्रेष्ठसँग लाखौँ रूपमा बुझेका छन । मलेसियाको रोजगारीमा रहेको सिण्डिकेट अन्त्य भैसकेपछि छटपटिएर नेपाल आएका अमिनसँग भेटेर गुरूङले नेपालका नेताहरूलाई पनि भेटाउने कोशिश गरेका थिए तर उनले कांग्रेसका केही नेता बाहेक नेकपाका एक नेतालाइमात्र भेटाउन सके ।

गुरूङलाई यस काममा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हंशराज वाग्लेले समेत साथ दिएका थिए । अमिनसँगको भेटममा संलग्न एक व्यवसायीका अनुसार नेपालमा आउँदा अमिनले नै नेपालका व्यवसायीसँग कतारका लागि नेपाली राजदूतलाई आफूले चार लाख डलर दिएको बताएका थिए

यो पनि पढ्नुहोस्

–कतारको भिसा सेन्टरका नाममा गैरकानुनी चलखेल, देउवाको सालोदेखि रोहन गुरूङसम्म संलग्न

प्रकाशित मिति : February 20, 2019 at 5:40 pm