१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

समाचार सरकारी र गैरसरकारी नहुने भन्दै सञ्चारमन्त्री बाँस्कोटा कड्किएपछि… (भिडियोसहित)

७ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई सरकारी मानसिकता त्याग्न अपिल गरेका छन । राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले मंगलबार सरकारी समाचार भन्दै चाकरी भाषा प्रयोग नगर्न पनि अनुरोध गरे । उनले पश्न गरे समाचार पनि सरकारी र गैरकसरी हुन्छ ? त्यसकारण तपाइँहरू सरकारी मानसिकता त्यागेर काम गर्नुस ।

तस्बीरः विष्णु तारूके ।

सरकारले पर्याप्त सहयोग गरेको भन्दै यसो भएन र उसो भएन भन्दै गुनासो नगरिरहन पनि अनुरोध गरे । मन्त्री बाँस्कोटाले देशकै सबैभन्दा बढी समाचार उत्पादन गर्ने संस्था बन्न अनुरोध गरे । उनले रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

तस्बीरः रासस

मन्त्री बाँस्कोटाले भने “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।” राससले हाल उत्पादन गरिरहेको समाचारमा त्यति खुशी नदेखिएका मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको विदेश नजाँदै गयो भनेर लेखेको प्रसंग पनि उठन गरे ।

मन्त्रीको सम्बोधनको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ (भिडियोः विष्णु तारूके)

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार २१:०४