१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्रथम नुवाकोट आदिवासी महाेत्सवकाे सह प्रायाेजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने

७ फागुन, काठमाडाैँ । प्रथम नुवाकोट आदिवासी महाेत्सव २०७५ काे सह प्रायाेजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने भएको छ । मंगलबार सह प्रायोजन सम्झौता भएकाे छ। साकुरा नेपाल कन्सलटेन्सीको सामाखुशी चाेकस्थित कार्यालयमा मंगलबार कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धिबहादुर तामाङले सह प्रायाेजक सम्झाैतामा हस्ताक्षर गरे । महाोत्सव

आर्थिक उपसमितिका सदस्य प्रकाश लामाका अनुसार “पर्यटन, उद्योग, व्यापार, कृषिमा बिकास गरि आर्थिक समृद्धिका साथ स्वावलम्बन, प्रथम नुवाकोट आदिवासी महाेत्सव लाेपाेन्मूख भाषा, सांस्कृतिक भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान “भन्ने मूल नारा सहित २०७५ फाल्गुण १६ देखि २६ गते सम्म नुवाकोटको व्यापारिक केन्द्र बट्टार बजारमा हुदैछ। महाेत्सव साँस्कृतिक एवं व्यापरिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

सम्झाैतामा हस्ताक्षरपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक श्रेष्ठले आफूले जिल्लाको महत्वपूर्ण महोत्सवमा प्रायोजन गर्न पाएकोमा खुशी व्यक्त गरे । श्रेष्ठले नुवाकोटको सामाजिक गतिबिधिमा उल्लेख्य सहभागिता जनाउँदै आएका छन ।

प्रकाशित मिति : February 19, 2019 at 7:13 pm