२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

डीभी परेर अमेरिका जाने लाेभमा नक्कली सर्टिफिकेट पेश गर्दा चितवनका निखिल प्रहरी खाेरमा

७ फागुन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुली नक्कली सर्टिफिकेट पेश गरेकाे अभियाेगमा पक्राउ परेका छन् । अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) परेका पराजुलीले कक्षा १२ को नक्कली प्रमाणपत्र बनाएर काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेकाे खुलासा भएकाे छ ।


अमेरिकी दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए ।

मंगलबार प्रहरीले पराजुलीलाई महाराजगञ्जबाट पक्राउ गरेको गरी जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेकाे जनाएकाे छ । हाल उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : 17:49