स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता
१३ जेठ, काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।
स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
भेटवार्तामा उनीहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।
भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरुबीच छलफल भएको डा अधिकारीले बताए ।
सो क्रममा उनीहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
प्रकाशित मिति : May 27, 2026 at 11:22 am









