मिक्स्चर मेशिनमा च्यापिएर सोलुखुम्बुका धनकुमार श्रेष्ठकाे मृत्यु
७ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–४ सुर्केका ३६ वर्षीय धनकुमार श्रेष्ठको काम गर्ने क्रममा मिक्स्चर मेशिनले च्यापिएर मृत्यु भएको छ।

सोही नगरपालिका–७ गार्मा माविको नवनिर्मित भवनमा काम सकेर मिक्स्चर मेशिन सार्ने क्रममा मेशिन खाल्डोमा परी पल्टेपछि च्यापिएर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति : 15:31







