हाेटल सञ्चालक किरण लामाले साथीलाई बन्धक बनाएर गरे निर्घात कुटपिट
७ फागुन, काठमाडौं । विराटनगरको महेन्द्र चोकमा हाेटल सञ्चालक किरण लामाले साथीलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका छन् ।हाेटल एलेभेन रेष्टुरेन्ट चलाएका लामाले शुक्रबार राति आफ्ना व्यवसायिक साझेदार साथी प्रह्लाद गुरागाईलाई बन्धक बनाएर कुटपिट गरेका हुन् ।
कुटपिट भइरहेको सूचना पाएर रेष्टुरेन्ट पुगेको प्रहरी टोलीले गुरागाईंको उद्दार गरी लामा र उनका सहयोगी पेप्सी लामा र पर्वत खड्कालाई पक्राउ गरेकाे छ । भोलि केही हुने डरले कुटपिटबाट घाइते गुरागाईंले प्रहरीमा जाहेरी दिएनन् ।

गुरागाईले जाहेरी नदिएपछि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा लामाविरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन्छ । श्रेष्ठका अनुसार, शुक्रबार रेष्टुरेन्ट पुगेको प्रहरीहरुलाई पनि लामाले गेट बन्द गरेर डेढ घण्टा अवरोध गरेकाले प्रहरी टोली ताला फोरेर भित्र पसेको थियो । थिए ।
प्रकाशित मिति : 15:28









