देउवा दम्पतीलाई पक्राउ गर्न विशेष अदातलबाट अनुमति लिन सर्वोच्चको आदेश
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री उहाँको श्रीमती आरजु राणा देउवालाई पक्राउ गर्न विशेष अदालतबाट अनुमति लिन आदेश दिएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि सोमबार अन्तरिम आदेश जारी गर्दै जिल्ला अदालतको पक्राउ पुर्जी खारेज गरिदिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ । काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वत: निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ । यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रकाशित मिति : May 25, 2026 at 6:49 pm







