११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सरकारले तोक्यो बर्खे धानको न्यूनतम समर्थन मूल्य

११ जेठ, काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

प्रकाशित मिति : May 25, 2026 at 5:02 pm