नेपाल आएका इन्डियन गायक सोनु निगमकाे नर्भिकमा उपचार हुँदै
७ फागुन, काठमाडौं । नेपाल आएका चर्चित इन्डियन गायक सोनु निगमकाे ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएकाे छ। निगम पोखरामा रहेका बेला बिरामी परेका हुन् र उनको उपचारका लागि काठमाडौं ल्याइएको हाे। गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : 14:29









