२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मुस्लिम आयाेगकाे अध्यक्षमा सिफारिस सलिमियाँ अन्सारीकाे नागरिकता नै नक्कली !

७ फागुन, काठमाडौं । संवैधानिक परिषद्ले मुस्लिम अायोगको अध्यक्षमा सिफारिस भएका सलिम मियाँ अन्सारीको नागरिकता नक्कली भएकाेबारे छानबिन हुने भएकाे छ । संसदीय सुनुवाइ समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट विवरण मगाएर छानविन गर्ने निर्णय गरेकाे छ ।

मंगलबारकाे समितिको बैठकले अन्सारीको पार्टी अाबद्धतावारे निर्वाचन अायोगवाट बिवरण मगाउने निर्णय गरेकाे छ । अन्सारीको शैक्षिक याेग्यताकाे प्रमाणपत्र समेत नक्कली भएकाे भन्दै समितिमा उजुरी परेकाे छ । उनी पछिल्लो समय नेकपाकाे सक्रिय राजनीतिमा थिए ।

प्रकाशित मिति : 13:51