८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सशस्त्रका जवान बेहोस घटनाः ६ जनालाई सेनाको स्काई-ट्रकमा काठमाडौं ल्याइँदै

८ जेठ, काठमाडौं । कैलालीमा सशस्त्र प्रहरी बलको तालिमको क्रममा बेहोस भएका ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।  नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा ८ जना बेहोस भएका थिए ।

प्रकाशित मिति : May 22, 2026 at 3:02 pm