८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कैलालीमा सशस्त्र प्रहरी बलको तालिममा रहेका ८ जना बेहोस, हेलिकप्टरबाट उद्धार

८ जेठ, काठमाडौं । कैलालीमा सशस्त्र प्रहरी बलको तालिममा रहेका ८ जना जवान बेहोस भएका छन्। बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा उनीहरू बेहोस भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको उनले बताए ।

प्रकाशित मिति : May 22, 2026 at 12:26 pm