८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

८ जेठ, काठमाडौं । जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्। यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो।

त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते बिदा ईद परेको जानकारी गराएसँगै बिदा दिइएको हो। जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसैले १४ गतेदेखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

प्रकाशित मिति : May 22, 2026 at 12:12 pm