देशले काँचुली फेर्न लागेका बेला मुलुकलाई पछाडि फर्काउने कुचेष्टा नगर्दा हुन्छ: प्रधानमन्त्री ओली
७ फागुन, काठमाडाैँ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडैँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्न अाटेका बेला मुलुकलार्इ पछाडि फर्काउने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । यदि यस्ता गतिविधिहरू भएमा त्यस्ता गतिविधि गर्नेहरूबिरूद्ध सरकार कडाइका साथ प्रस्तुत हुने र तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय भएको बताएका छन् ।
सरकार सञ्चालनको यस वर्षलाई आधार बर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई सरकारले प्राथमिकता दिएको जिकिर गरे ।

द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको पनि ओलीको भनाई थियो । ‘आप्mना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ । अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ,’ प्रधानमन्त्रीले भने ।



प्रकाशित मिति : February 19, 2019 at 12:23 pm









