५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

गरिबी निवारणकाे लागि हाेमस्टे व्यवस्थापन तालिम

४ जेठ, दाङ । गरिबी निवारणकाे लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत उधम विकास शाखाकाे आयाेजनामा एक हप्ते हाेमस्टे व्यवस्थापन तालिम गढवा गाउँपालिका दाङमा सुरु भएकाे छ । तालिम कार्यक्रम सुरुवात गर्दै गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पाेखरेलले आर्थिक उर्पाजन र महिला शशक्तिकरणकाे लागि हाेमस्टे उपयुक्त माध्यम भएकाे बताउनु भयाे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चाैधरीले स्थानीय जनजीवन परिवर्तन गर्दै सांस्कृति संरक्षण मार्फत समाजकाे पहिचानमा हाेमस्टेले सहयाेग पुग्ने धारणा व्यक्त गर्नु भयाे । ४ जेठमा सुरु भएकाे तमलिम कार्यक्रम १० जेठमा सम्पन्न हुनेछ ।

तालिम कार्यक्रममा हाेमस्टे संचालन गर्न ईच्छुक गढवा गाउँपालिका निवासी ३६ जना स्थानीयह रुकाे सहभागीता रहेकाे उधम विकास सहजकर्ता विना भुजेलले बताउनु भयाे । कार्यक्रममा हाेमस्टे, पर्यटन, बजारीकरण, रैथाने पाककला, हाउसकिपिङ, गाइडिङ सीप, सांस्कृतिक गतिविधि लगायतका विषयमा पर्यटनविद भुमराज तिवारीले प्रशिक्षण दिनुहुनेछ । सहभागीहरुलाई नेपालकाे प्रख्यात डल्ला हाेमस्टे बर्दियामा एक रात दुई दिनकाे अध्ययन अवलाेकन भ्रमण समेत गराईने प्रशिक्षक तिवारीले बताउनु भयाे ।

 

प्रकाशित मिति : 10:41