राष्ट्रसंघीय समितिको उपाध्यक्षमा महिला अधिकारकर्मी वन्दना राणा निर्वाचित
६ फागुन, काठमाडाैँ । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा नेपाली महिला निर्वाचित भएकी छिन । महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा राष्ट्रसंघीय समितिको उपाध्यक्षमा निर्वाचित भएकी हुन ।

राणा सोमबार भएको चुनावबाट दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन । संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा पहिलो नेपाली पनि बनेकी छिन । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित भएकी थिइन ।
प्रकाशित मिति : 23:21









