१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

लोकमार्ग छिटो निर्माण गर्न आग्रह नयाँ शक्तिका संयोजक भट्टराईको आग्रह

६ फागुन, गलकोट । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताउनुभएको छ । नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङकोे निसिखोला गाउँपालिका पुग्नुभएका पूर्वप्रधानमन्त्री भट्टराईले जनसंवाद सभामा स्थानीय स्तरमा हुने खेती प्रणालीलाई आधुनिक तरिकाले उत्पादन गर्न सकेमा मात्र उत्पादनलाई बजारीकरण गर्न सकिने बताउनुभयो ।

संयोजक भट्टराईले राजनीतिक चेतना सुधार्नका लागि आफू जनसंवाद यात्रा लिएर आएको बताउँदै जनतामा राजनीतिक चेतना हुनु आवश्यक रहेको बताउनुभयो ।

पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थाल्नुभएका डा भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियानमा आफू हिँडेको बताउनुभयो । फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा लोकमार्गको सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 18, 2019 at 9:30 pm