३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नेपाल वायुसेवा निगमको सञ्चालकमा पाँच जना नियुक्त

३१ वैशाख, काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट पाँच जना नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सदस्यहरूको नियुक्ति गरेको हो ।

सार्वनिक सूचना अनुसार निवेदन दिने २७ जना उम्मेदवारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजनाको परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेको र सोही अनुसार निर्णय गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

dainiki.com

विज्ञप्ति अुनसार नियुक्त हुनेहरूमा पोखरा–३० का डा. दिपक प्रसाद बास्तोला, भरतपुर–२ का प्रविन भट्टराई, ललितपुर–१३ का महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वर–१ की रुपा लामिछाने र स्याङ्जा आँधीखोला–६ का लिलाराज ढकाल रहनुभएको छ । सात दिनभित्र नियुक्ति पत्र लिन मन्त्रालयमा उपस्थित हुन अपिल गरिएको छ ।

प्रकाशित मिति : 23:24