१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रदेश ५ को भैरहवामा सुबिसुको नयाँ शाखा, सुबिसुका सबै सुबिधा पाउन सकिने

६ फागुन, काठमाडौँ । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि।ले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँशाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराजकार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद आचार्य संयुक्त रुपमा उद्घाटन गरे ।

सुविसुको भैरहवा शाखाबाट भैरहवा तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गरिने जनाइएको छ । शाखाबाट सुविसुका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको सपोर्ट आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टि.भि सेवा सहुलियत दरमा प्रदान गरिने सुविसुले जनाएको छ । क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ भने एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ । यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १९:११