१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

जिप दुर्घटनामा घाइते बाराका सिडियाे गणेशप्रसाद भट्टराईको निधन

६ फागुन, काठमाडाैँ ।  सडक दुर्घटनामा घाइते भएका बाराका सिडियाे गणेशप्रसाद भट्टराईको निधन भएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो।

प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले उनकाे मृत्यु भएकाे पुष्टि गरेका छन्। माघ १२ गते बाराको निजगढमा आयोजित एक कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो।

उक्त घटनामा परी गम्भीर घाइते प्रजिअ भट्टराईको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारत भइरहेको थियो । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका छन्।

 

प्रकाशित मिति : February 18, 2019 at 3:44 pm