१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

विहेभोज खान गएकी ११ वर्षीया बोल्न नसक्ने बालिकाकाे सामूहिक बलात्कारपछि जलाएर हत्या,आरोपी चार जना पक्राउ

६ फागुन, धनुषा । धनुषामा विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे सामूहिक बलात्कारपछि जलाएर हत्या गरेकाे पुष्टी भएकाे छ । फागुन २ मा दुतिया रैसेलीको बलात्कारपछि हत्या गर्ने आरोपी चार जना पक्राउ गरेकाे प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन् ।

आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी जनकपुरकी ११ वर्षीया बालिकालार्इ  बलात्कारपछि हत्या गरिएको र शवको पहिचान लुकाउन जलाएको रहस्य प्रदेश प्रहरीका सई सागर राणाले बताएका छन् । प्रदेश २ प्रहरीको विशेष टोलीकाे प्रारम्भिक अनुसन्धानमा बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले घटनामा संलग्न सबैकाे पहिचान र केहीलाइ पक्राउ गरेकाे छ ।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेली फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन्। उनकाे शव घरभन्दा केही पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा त्यसकाे भाेलिपल्ट बिहान १० बजे फेला परेको थियो। मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।

याे पनि पढ्नुहाेस्

विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या

प्रकाशित मिति : February 18, 2019 at 3:29 pm