१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

 आत्तिएका कम्युनिष्ट विरोधीहरु मसाल बाेकेर आगो लगाउन हिँडेका छन् : रक्षामन्त्री पोखरेल

६ फागुन, राजविराज  ।  सरकारको काम र जनमत देखेर आत्तिएका कम्युनिष्ट विरोधीहरु हातमा मसाल बाेकेर हिँडिरहे उपप्रधान मन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बताएका छन्। नेपाली सेनाको सहयोगमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित वृहत स्वास्थ्य शिविरको अवलोकन गर्न सोमबार सप्तरी पुगेका मन्त्री पोखरेलले  यस्तो बताएका हुन्।

‘संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म दुई तिहाईको कम्युनिष्ट सरकार दुनियाँमा कहीं, कतै छैन’ भन्दै उनले यही अवस्थालाई देखेर कम्युनिष्ट विरोधी देशी-विदेशी शक्ति तथा देशमै पनि सरकार विरोधीहरु आत्तिएको बताएका छन् । ‘अाफु सक्किएकाे अाभास भएपछि  हातमा मसाल बाेकेर आगो लगाउन हिडेकाे पाेखरेले बताए । डा केसी, कहिले निर्मला पन्तको मुद्दामा झोसिरहेका छन्, पछिल्लो पटक वाइडबडीमा झोसेपनि अागाे नलागेकाे यनले बताएका छन् ।

प्रकाशित मिति : February 18, 2019 at 2:46 pm