१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

रसुवाको नयाँ शक्ति कांग्रेसले निल्यो, सांसद प्रेम तामाङसहित सबै नेता कांग्रेसमा बिलय हुँदै

६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले रसुवाको नयाँ शक्तिलाइ आफ्नो पार्टीमा विलय गराउने भएको छ । यही फागुन १३ गते रसुवाको कालिकास्थानमा एउटा कार्यक्रमको आयोजना नै गरी कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ शक्तिलाइ कांग्रेसमा बिलय गराएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसका तर्फबाट १३ गतेको कार्यक्रमका लागि निमन्त्रणा सुरू भएको छ । डा बाबुराम भट्टराइसँगै नयाँ शक्तिमा लागेका पूर्व माओवादी प्रेम तामाङसहित रसुवाको नयाँ शक्ति कांग्रेसमा बिलय हुन लागेको हो । तामाङ नयाँ शक्ती पार्टी नेपालको तर्फबाट प्रदेश तीनमा प्रत्यक्षतर्फ निर्बाचित एक मात्र प्रदेश सांसद हुन ।

फाइल फोटो ।

रसुवाकै गाउ पालिका प्रमुख श्री बुचुङ तामाङ पनि कांग्रेसमै प्रवेश गर्ने भएका छन । रसुवाका सांसद मोहन आचार्यले तामाङलाइ चुनाव जिताउने ठूलै आर्थिक सहयोग गरेका थिए । नयाँ शक्ति बिलय गराउने कार्यक्रममा गगन थापा र विश्वप्रकाश शर्मा पनि जाने कांग्रेसले बताएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ०९:१९