१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै

६ फागुन, काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।

यसै सन्दर्भमा बैंकले पुनः अाज सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।

कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यसअघि माघ २८ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त टे«जरीको बोलकबोलका बारेमा जानकारी दिनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ०९:०२