१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

बझाङमा जीप दुर्घटनामा परी दुईजनाको मृत्यु, नाै जना घाइते

६ फागुन, काठमाडाैँ । बझाङमा आइतबार राति जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।  चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

फाइल तस्बीर।

घाइतेको बझाङकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : February 18, 2019 at 8:31 am