नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, अधिकांश सूचकमा उल्लेख्य सुधार
१५ वैशाख, काठमाडाैं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ छ । बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशत छ । कको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड पुगेको छ।
बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा छ।
प्रकाशित मिति : 09:35









