१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

एनआईसी एशिया बैंकको नाफा घट्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

१५ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी समेत २०.७७ प्रतिशतले घटेर ६ अर्ब ३० करोड रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि ६ अर्ब १४ करोडबाट घटेर ४ अर्ब ७६ करोड र सञ्चालन मुनाफा १ अर्ब २९ करोडबाट घटेर ६७ करोड २९ लाखमा सीमित बनेको छ ।

याे अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।  १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा अनुपात ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात २९२.०४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ।

प्रकाशित मिति : 09:26