१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

भारतको संगाई अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्र सबै अबैध

१४ वैशाख, काठमाडौँ । भारतको संगाई अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्र सबै अबैध ठहर भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समकक्षताको प्रमाणपत्र प्रदान गरेका विद्यार्थीका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

सोमबार गोरखापत्र दैनिकीमा सूचना प्रकाशित गर्दै त्रिविले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कल प्रति तथा आफूले प्राप्त गरेको शैक्षिक उपाधिको प्रमाण पेश गर्न अनुरोध गरेको हो ।

भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२५ मे १५ को सार्वजनिक सूचना जारी गरेर भारतको मणिपुर राज्यको संगाई अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई विश्वविद्यालयको सूचीबाट हटाई सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीको लागि अवैध घोषणा गरेको छ ।

यस्तो छ त्रिविको सूचना

प्रकाशित मिति : 07:55