४२.२२ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
११ वैशाख, काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले तेस्रो त्रैमाससम्म ५ अर्ब १६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको ४ अर्ब २८ करोडको तुलनामा २०.४८ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ।
२ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत अविच्य असञ्चिति अग्राधिकारसहित १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ सञ्चित छ। बैंकले गत चैत मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.२७ गुणा रहेको छ।
प्रकाशित मिति : 10:00









