१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

ससुराली जाँदा गगनले सम्झिए ‘बाख्रा’, स्थापितले बर्काैला नभेटेको ठाउँमा गगनले खोजे १४ करोड  

४ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले नुवाकोटको सुनखानीमा प्याक्टको अनुदान लिने उद्देश्यले सञ्चालन गरेको बाख्रा फर्मको निरीक्षण गरेका छन । गाउँलेका बाख्रा भाडामा ल्याएर केही समय थुनेर अनुदान लिने उद्देश्यले फार्म सञ्चालनमा ल्याए पनि चर्को जनबिरोधपछि निकासा भएको रकम समेत थापाले बुझेका थिएनन् ।

शुक्रबार ससुरालीगाउँमा जानेक्रममा उनले हाल शिवपुरी गाउँपालिकामा रहेको बाख्राफर्मको नजिक उभिएर तस्बीर कैद गर्दै उनले अब १४ करोडको हिसाब खोज्नुपर्ने बताएका छन । अाफू माथि उठेको पश्न अारोपमात्र हो भन्ने हिसाबले खण्डनको शैलीमा उनले १४ करोडको हिसाबकिताब सरकारले खोज्नुपर्ने बताएका छन ।

ससुराली गाउँबाट फर्किएपछि फेसबुकमा स्टाटस लेख्दै थापाले लेखेका छन ‘आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्यो’ उनले भनेका छन्, ‘केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे।’ गत निर्वाचनमा नेकपाका नेता एवं पूर्वमन्त्री केशव स्थापितले गगन थापाले बाख्रा पालनको नाममा अनुदानको रकम हिनामिना गरेको भन्दै बाख्रा नभए पनि बर्काैला देखाउन माग गरेका थिए ।

प्रकाशित मिति : February 16, 2019 at 11:39 am