६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

काजारिया टाइल्सको नयाँ शोरुम ललितपुरमा विस्तार

६ वैशाख, ललितपुर। सेरामिक तथा विट्रिफाइड टाइल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित काजारिया टाइल्सले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै ललितपुरको सातदोबाटो क्षेत्रमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

सातदोबाटो चोक, इमाडोल क्षेत्रमा नयाँ शोरुमको शनिबार औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा काजारिया टाइल्सका कन्ट्री म्यानेजर अजय तिवारी तथा छायाँ हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा.लि.का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै काजारिया टाइल्सका कन्ट्री म्यानेजर तिवारीले छायाँ हार्डवेयरसँगको सहकार्यमा ललितपुरमा शोरुम विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे। उनले पछिल्ला वर्षहरूमा उच्च गुणस्तर र डिजाइन–केन्द्रित टाइल्सप्रतिको माग बढ्दै गएको उल्लेख गर्दै नेपालमा काजारियाको बजार थप मजबुत हुँदै गएको बताए।

उनका अनुसार नयाँ शोरुममार्फत ग्राहकले अन्तर्राष्ट्रिय स्तरका आधुनिक डिजाइन, आकर्षक फिनिसिङ र विविध प्रकारका टाइल्स एउटै स्थानमा अवलोकन गर्न सक्नेछन्। “काजारिया अब केवल बिक्री केन्द्र मात्र नभई डिजाइन र नवप्रवर्तनको अनुभव दिने गन्तव्यका रूपमा विस्तार भइरहेको छ,” उनले भने।

कम्पनीले हाल नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्नो उपस्थिति विस्तार गरिसकेको जनाएको छ। उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टाइल्स, भित्री तथा बाहिरी भित्ताका टाइल्स, फर्श टाइल्स र बाथरुम तथा किचनका लागि विशेष डिजाइनका टाइल्स उपलब्ध छन्।

काजारिया टाइल्सले भारतीय बजारमा लामो समयदेखि नेतृत्वदायी स्थान कायम राख्दै आएको छ भने नेपाली बजारमा पनि यसको माग निरन्तर बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।

नयाँ शोरुमले ललितपुर तथा आसपासका क्षेत्रमा निर्माण, पुनर्निर्माण तथा आन्तरिक सजावटका ग्राहकलाई आधुनिक र गुणस्तरीय टाइल्स समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : 16:16