४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

४ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त हुनुभएकाे छ। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समिति बैठकले मानन्धरलाई चार वर्षको कार्यकालका लागि सीईओ नियुक्त गरेको बैंकले जनाएको छ।

हाल बैंकको सीईओको जिम्मेवारी सम्हालिरहनुभएका प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा समाप्त हुँदैछ। जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

प्रकाशित मिति : 11:42