२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

५ वर्षीया आफनै नातिनीलाई बलात्कार गर्ने  हजुरबा पक्राउ

३ फागुन, बुटवल  । सन्धिखर्क नगरपालिका वार्ड नं. ११ अमिले वस्ने वर्ष ६५ का भिमे कामीले ५ वर्षीया आफनै नातिनीलाई जवरजस्ती करणी गरेको भन्दै पक्राउ गरिएको छ । गएराति बालिकाले बलात्कृत भएको आफनी आमालाई जानकारी दिएपछि प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा गएको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्युठान जिल्ला मल्लरानी गाउँपालिका २ का ६८ वर्षीय डण्डे सुनार पक्राउ परेका छन् । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. १ की १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुनारलाई पकाउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय प्युठान पठाएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।

प्रहरी अधिकृत सहितको टोली खटिई बालिकालाई सोधपुछको क्रममा निज विपक्षीले पटक–पटक जबरजस्ती करणी गर्ने गरेको तथा उक्त घटना सम्बन्धमा कोही कसैलाई बताएमा कुटपिट गर्ने धम्की दिएको भनि बालिकाले बताएको र उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय प्युठानको क्षेत्राधिकार भित्र पर्ने भएकोले प्युठानमा पठाइएको हो ।

प्रकाशित मिति : 19:51