नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्ष्येपण
२७ चैत, काठमाडाैं । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्ष्यपण गरेको छ ।
‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने देखिए पनि सन् २०२७ मा ५ प्रतिशतको बलियो पुनरागमन हुने आशा गरिएको छ ।
आर्थिक वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फीति दर करिब ३.७ प्रतिशत रहने र आन्तरिक आर्थिक गतिविधिहरूमा सुधार एवं छिट्टै स्थायित्वको परिदृश्यमा आगामी आर्थिक वर्ष २०२७ मा थप वृद्धि भई ४.५ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमी लगायतका कारण गत आर्थिक वर्ष २०२५ को ६.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०२६ मा चालु खाता बचत जीडिपीको ७.२ प्रतिशत रहनेछ ।
प्रकाशित मिति : 13:51









