२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२६ चैत,काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दादायर भएको छ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा पेस गरेको हो।

महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो।  उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।

प्रकाशित मिति : 15:35