घुस खाने आयुक्त पाठकलाई राजिनामाको पहिलो अवसर, सदुपयोग नगरे महाअभियोग
३ फागुन, काठमाडौँ । नियुक्तिको समयदेखि नै लोकमानसिंह कार्कीका लागि भ्रष्टाचारीसँग असुल्नेकाममा लागेका आयुक्त राजनारायण पाठकका लागि घुस प्रकरण सार्वजनिक नै भएपछि राजिनामा उपयुक्त विकल्प देखिको छ । यद्यपी उनले संसदमा आउने आफूविरूद्धको महाअभियोग सामाना गर्न पाउनेछन । नियुक्तिको समयदेखि नै आफैँ भ्रष्टाचारमा लागेका पाठकको विगत पनि त्यति राम्रो मानिदैन । उनी त्यसैकारण लोकमानसिंह कार्कीको रोजाइमा परेका थिए ।
उनी नियुक्तिका समयमा नेपाली कांग्रेस र मधेसी दलका तर्फबाट साझा उम्मेदवार थिए । नेपाली कांग्रेसका केही नेताका लागि अत्यन्तै प्रिय पात्र रहेका पाठक विवेकमा चल्छन कि ती नेताहरूसँको सल्लाहमा अघि बढ्छन त्यो हेर्न बाँकी छ । उनले राजिनामा गरेर बाटो नखोले उनी माथि महाअभियोग लगाउने तयारी नेकपाले गरेको छ । नेकपाका सांसदहरूले कार्यसम्पादनमा विचलन देखिएको पुष्टि नै भैसकेका कारण पठाकविरूद्ध महाअभियोग लगाउनुको विकल्प नभएको नेताहरूले बताएका छन ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै पाठकले घुस खाएको विषय सार्वजनिक भएपछि अख्तियार प्रमुख नविन घिमिरेले उनलाइ हटाउने वा नहटाउने भन्ने विषय संसदको भएको प्रतिक्रिया दिएका थिए । पाठकले घुस लिएको स्विकारेको भिडियोसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष पुगेको छ । कलेज विवादबारे आयोगमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले ७८ लाख घुस खाएका थिए ।
प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ०८:३८












