१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बनमा, लगानीकर्तालाई ५ अर्ब तिर्न बाँकी

२६ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले भृकृटी ब्रोकिङ्ग कम्पनी लिमिटेडको लाइसेन्स निलम्बन गरेको छ। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ३१ विपरित सो संस्थाको ग्राहकहरुको सेयर खरिद बिक्री तथा कोल्याट्रल (धितो) वापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको भन्दै सो कम्पनीलाई निलम्बन गरेको हो।

यो ब्रोकर कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो बापतको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, आवश्यक कानुनी व्यवस्था पालना नगरेको तथा अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको बोर्डले जनाएको छ।

उक्त संस्थाले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको बोर्डले जनाएको छ । साथै, धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ३१ को उपनियम (२) धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको बोर्डले जनाएको छ।

प्रकाशित मिति : April 9, 2026 at 12:46 pm