१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

१० बर्षपभित्र नेपालले विकासको काँचुली फेर्छ: प्रधानमन्त्री ओली

२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली फेर्ने बताएका छन् ।’जनताको जलविद्युत्’ कार्यक्रम घोषणा समारोहलाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीव्र गतिमा विकासको जग बसाएकाले दश बर्षभित्र नेपालले विकासमा काचुली फेर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो जोडी कसैले चाहँदैमा नटुट्ने बताएका समेत बताएका छन् । ‘भवितव्यमा बाटोमा हिँड्दाहिँड्दै झल्याँस्स भेटेको जोडी होइन, यो त सुविचारित ढंगले बनेको हो । हामीले देश बनाउनु छ । मिलेर मात्र देश बन्छ,’ ओलीले भने । कुरा बोकेर जिन्दगी चलाउनेहरूको दिन गयो भनेर नै जनताले भिजन सहितको सुदृढ सरकार बनाएको उनको जिकिर छ ।

प्रकाशित मिति : February 14, 2019 at 2:10 pm