२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

७८ लाख घुस खाने अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने

२ फागुन, काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवाद मिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : 13:28