पानी जहाजको टिकट छिट्टै पाइन्छ : प्रधानमन्त्री ओली
२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उदघाटन गर्दै पनी जहाजकाे टिकट पनि छिट्टै पाइने बताएका छन् । देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताएका छन् ।
‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् टिकट पाइन्छ ।’
प्रकाशित मिति : 12:55









